पोखरामा बस र स्कुटर ठोक्किदा एकको मृत्यु, एक घाइते

पाेखरा | जेठ ४, २०८०

पोखरामा बस र स्कुटर ठोक्किदा एकको मृत्यु, एक घाइते

पोखरा:   पोखरा पुम्दीभुम्दीमा नगरबस र स्कुटर ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 


पोखरा महानगरपालिका २२ पुम्दिभुम्दिको भित्री सडकखण्डमा ग १ ख ३२२७ नम्बरको बस र ग २३ प ३६५६ नम्बरको स्कुटर ठोक्किदा स्कुटरमा सवार हेम्जाका ४६ वर्षीय तुल्सीप्रसाद त्रिपाठीको मृत्यु भएको हो । 


दुर्घटनास्थलबाट त्रिपाठीलाई उद्धार गरि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । यस्तै सोही स्कुटरमा सवार पोखरा मालेपाटनका २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् । 


घाइते शिशिर त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।  घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्